अर्थ

निर्धन लघुवित्तले ४२ प्रतिशत लाभांश वितरण प्रस्ताव गर्ने 

निर्धन लघुवित्तले ४२ प्रतिशत लाभांश वितरण प्रस्ताव गर्ने 

काठमाडौं । निर्धन उत्थान लघुवित्तले लाभांश वितरणको लागि भन्दै वार्षिक साधारण सभा डाकेको छ । लघुवित्तले ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्ने तयारी गरेको छ ।  
 

 

लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट २२.११ प्रतिशत नगद लाभांश तथा २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो ।

जसअनुसार लघुवित्तले २२ करोड १० लाख ५३ हजार बराबरको नगद तथा २० करोड बोनस शेयर बापतको रकम वितरण गर्ने जनाएको छ ।


लघुवित्तले २० औं वार्षिक साधारण सभा मंसिर २५ गते मंगलबार बिहान भगवतीबहाल नक्सालमा गर्ने भएको छ ।


वार्षिक साधारण सभा प्रयोजनका लागि लघुवित्तले मंसिर ११ देखि मंसिर २५ गतेसम्मका लागि बुक क्लोज मिति तोकेको छ । जसअनुसार मंसिर १० गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब रहेको छ । बोनस शेयरपछि लघुवित्तको चुक्ता पूँजी १ अर्ब २० करोड पुग्नेछ ।

विशेष