अर्थ

८.५४ अंकले नेप्से घट्दा शेयर बजारमा १७ करोडको कारोबार

८.५४ अंकले नेप्से घट्दा शेयर बजारमा १७ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिनबाटै घटेको नेप्से आज तेश्रो दिन पनि ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ८ दशमलब ५४ अंकले घटेर १ हजार १ सय १ दशमलब ६६ को बिन्दुमा आइपुगेको छ। 

 

मंगलबार १ सय ४५ कम्पनीको १७ करोड ४९ लाख ७९ हजार २ सय ४५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन बैंकिङ समूहअन्तगर्तका कम्पनीहरुको सर्वाधिक सेयर किनबेच भएको छ। नेपाल बैंकको सर्वाधिक २ करोड ३७ लाख ९९ हजार ८ सय ४१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

त्यस्तै, एनआइसी एसिया बैंकको ८० लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बैंक अफ काठमाडौंको ७९ लाख र एनएमबी बैंकको ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

यसदिन १४५ कम्पनीको कारोबार भएकोमा २८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २८ वटा कम्पनीको शेयरमूल्य स्थिर रह्यो । नेप्से परिसूचक घट्ने क्रमले मंगलबार पनि निरन्तरता पायाे ।

विशेष