प्रदेश २

मन्दिरमै बच्चा जन्मियो

मन्दिरमै बच्चा जन्मियो

सप्तरी । राजविराजस्थित राम मन्दिरमा मंगलबार साँझ एक महिलाले शिशु बालिका जन्माएकी छिन् । 

 


स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३ कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै शिशुलाई जन्म दिएकी हुन् ।

 

 

स्वास्थ्य जाँच गराएर घर फर्किने क्रममा साथै आएकी जेठानी राजकुमारीले उनलाई एकै क्षण बस्न भन्दै किनमेल गर्न बजार गएकी थिइन् ।

 

 

सोही बेला सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान नपाउँदै बच्चा निक्लिएकाले मन्दिरमा भर्जनकीर्तन गरिरहेका भक्त महिलाको सहयोगमा उनले शिशु जन्माएको प्रत्यक्षदर्शी बिसोलाल यादवले बताए ।

 

 

भजनकीर्तन गरिरहेका भक्तजन र स्थानीयवासीको सहयोगमा बच्चा तथा आमालाई गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको छ । 

सप्तरी बच्चा

विशेष