अर्थ

शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दै नाडेप लघुवित्त 

शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दै नाडेप लघुवित्त 


काठमाडौं । नाडेप लघुवित्तले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने मिति तोकेको छ ।  लघुवित्तले १६ लाख कित्ता हकप्रद मंसिर २३ देखि पुस २९ गतेसम्म बिक्री खुल्ला गर्न लागेको संस्थाले जनाएको छ ।


यस्तै लघुवित्तले हकप्रद निष्काशन गर्न मंसिर ७ गते शेयरधनी दर्ता किताव बन्द गर्ने भएको छ । यो सँगै मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद खरिद गर्न सक्ने छन् ।

लघुवित्तको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।

हकप्रदका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्साल तथा नाडेप लघुवित्तको केन्द्रिय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन बुझाउन सक्ने व्यवस्था छ । साथै आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

हाल लघुवित्तको चक्ता पूँजी १६ करोड रुपैयाँ छ । हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्ने छ ।

विशेष