अर्थ शेयर

जोशी हाइड्रोको १७ करोडको आईपिओ मंसिरको तेस्रोसातामा खुल्दै

जोशी हाइड्रोको १७ करोडको आईपिओ मंसिरको तेस्रोसातामा खुल्दै

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १७ करोड मूल्य बराबरको साधारण शेयर (आईपिओ ) निष्काशनमा ल्याउने तयारी गरेको छ । कम्पनीले १६ गतेदेखि उक्त आईपिओ बजारमा ल्याउन लागेको  हो । 

 

उक्त  आईपिओले रेटिङ्ग कम्पनी इक्रा नेपालबाट आईपिओ ग्रेडिङ्गमा वित्तीय अवस्था सबैभन्दा कमजोर जनाउने इक्रा रेटिङ्ग 'इक्रा एनपि र्आइपिओ ग्रेड ५’ पाएको छ ।


यो शेयर छिटोमा मंसिर १९ गतेसम्म र ढिलोमा पुस १६ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । जसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन गर्ने व्यवस्था छ ।

जोशी हाइड्रोपावरले यसअघि इलामका स्थानीयका लागि निष्काशन गरेर अवितरित भएको स्थानीयको ६५ प्रतिशत जोडेर कूल १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४७० कित्ता बिक्रीमा ल्याउने भएको हो ।

कम्पनीले यसअघि इलामका स्थानीयका लागि निष्काशन गरेको जारी पूँजीको १० प्रतिशत बराबरको ३ लाख ७१ हजार ४०० कित्तामध्ये एक लाख २९ हजार ३९० कित्ता शेयर मात्र बिक्री भएको थियो ।

यसमा अवितरित भएको २ लाख ४२ हजार १० कित्ता र सर्वसाधारणहरुलाई छुट्याईएको १४ लाख ४८ हजार ४६० कित्ता गरी कूल १६ लाख ९० हजार ४७० कित्ता आईपिओ बिक्रीमा ल्याउन लागेको हो ।

यसमध्ये ३ प्रतिशत अर्थात ५० हजार ७१४ कित्ता कर्मचारी र ८४ हजार ५२३ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर १५ लाख ५५ हजार २३३ कित्ता शेयर सर्वसाधारणमा निष्काशन हुनेछ ।

विशेष