अर्थ बैंकिङ

सानिमा बैंकले तोक्यो बुकक्लोज मिति , १४ प्रतिशत नगद लाभांश दिने 

सानिमा बैंकले तोक्यो बुकक्लोज मिति , १४ प्रतिशत नगद लाभांश दिने 

काठमाडौं । सानिमा बैंकले १४ प्रतिशत नगद लाभांशका लागि बुकक्लोज मिति तोकेको छ । बैंकले गत  आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १४ प्रतिशत नगद लाभांशका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको हो ।


 बैंकका अनुसार नगद लाभांश र साधारण सभा प्रयोजनको लागि मंसिर १४ गते शुक्रबार बुक क्लोज गर्न लागेको जनाएको छ ।

जसअनुसार मंसिर १३ गते बिहीबारसम्म कायम रहने शेयरधनीले नगद लाभांश प्राप्त गर्न र बैंकको आगामी वार्षिक साधारण सभामा सहभागिता जनाउन पाउनेछन् । 

मंसिर ४ गते सम्पन्न बैंक सञ्चालक समितिको निर्णय अनुसार बैंकले मंसिर २७ गते हुने १४ औं साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तोकेको हो ।

सााधारण सभामा बैंकले १४ प्रतिशत अर्थात एक अर्ब १२ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्दैछ ।

विशेष