अर्थ

सोल्टी होटलको खुद नाफामा वृद्धि, तीन महिनामा कमायो ५ करोड ८१ लाख 

सोल्टी होटलको खुद नाफामा वृद्धि, तीन महिनामा कमायो ५ करोड ८१ लाख 

काठमाडौं । पाँचतारे होटल सोल्टीले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्तसम्ममा ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको छ । होटलले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५ करोड ४३ लाख रुपैयाँले बढी खुद नाफा कमाएको हो । 

 

यो होटलको नाफा अघिल्लो आवको सोही अवधिमा जम्मा ३७ लाख ८० हजार रुपैयाँ मात्रै थियो ।  
 गत वर्ष होटलले हिमालयन विंग भवनमा रहेका १७७ कोठाको स्तरोन्नेती तथा भित्री सजावटका लागि होटल बन्द गरेका कारण खुद नाफामा गिरावट आएको जनाएको छ । 


होटलले यस अवधि सम्ममा व्यापार व्यवसाय तथा सेवाको बिक्री मार्फत ३६ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा २६ करोड १२ लाख रुपैयाँ आम्दानी गरको थियो । 

यस्तै ७ करोड ३८ लाख रुपैयाँ होटल संचालनबाट नाफा कमाएको छ । यसले खानाको परिकार बेचेर मात्रै ५ करोड ८६ लाख कमाएको छ ।

 

कर्मचारीको सुविधाका लागि होटलले १० करोड ९९ लाख खर्चेको छ । संचालन खर्च ५ करोड १६ लाख रहेको छ भने यसको प्रशासनिक तथा अन्य खर्च ५ करोड ६१ लाख रहेको छ ।

विशेष