अर्थ बैंकिङ

ग्रीन डेभलपमेन्ट बैंकको नाफा बढ्यो

ग्रीन डेभलपमेन्ट बैंकको नाफा बढ्यो

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको नाफामा वृद्धि भएको छ । 

 

 

बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २२ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिमा बैंक २१ लाख खुद नोक्सानीमा रहेको थियो । खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफामा बढोत्तरी देखिएको हो ।

 

 

गत वर्ष ४३ लाख २१ हजार खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ५८ करोड २९ लाख निक्षेप संकलन गरेको बैंकले ६२ करोड ८२ लाख रुपैयाँ बराबरको ऋण परिचालन गरेको छ ।

 

 

५० करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक करोड ३ लाख रुपैयाँ सञ्चित छ । गत वर्षको यसै अवधिमा बैंकको जगेडा कोष ९१ लाख ७० हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
 

विशेष