अर्थ

जथाभावी लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई कडा कारबाही गर्ने: राष्ट्र बैंक

जथाभावी लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई कडा कारबाही गर्ने: राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले जथाभावी लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

 

 

नेपाल वित्तीय संस्था कर्मचारी संघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी  नेपालले राष्ट्र बैंकको निर्देशन विपरित लगानी गर्ने बैंकमाथि कडा निगरानी राख्न बैंक अन्तरगतका ट्रेड युनियनहरुलाई पनि सचेत गराएका छन् ।
 

 

 

गर्भनर नेपालले नेपाल राष्ट्र बैंकको योजना विपरित लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई कडा कारबाही गर्ने चेतावनी दिनु भएको हो । गएको ३ महिनायता केही निजी क्षेत्रका बैंकहरुले ६७ अर्ब निक्षेप संकलन गरेर १ सय ६७ अर्ब लगानी गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यसरी निक्षेप भन्दा बढी लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कारबाही गर्ने नेपाल राष्ट्र बैंकको योजना छ ।
 

विशेष