अर्थ शेयर

सनराइज र एनबी बैंकले लाभांश वितरण गर्ने, नाडेप लघुवित्तले  ३०  प्रतिशत बोनस सेयर दिने 

सनराइज र एनबी बैंकले लाभांश वितरण गर्ने, नाडेप लघुवित्तले  ३०  प्रतिशत बोनस सेयर दिने 

काठमाडौं । सनराइज र एनबी बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश दिने भएका छन् । 

 

 

सनराइज बैकले गत बर्षको नाफाबाट शेयरधनीलाइ ११.५ प्रतिशत  तथा एनबी बैंकले आफना सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । यी दुबै वाणिज्य बैंकहरुले शुक्रबार नेप्सेमा लाभांस घोषणाको सूचना पठाएका हुन् ।

 

 

 

सनराइज बैंकको सञ्चालक समितिको मंसिर १३ गते सम्पन्न ३०३ औं बैठकले सो लाभांश प्रस्ताव गरेको हो ।

यसअनुसार बैंकले चुक्ता पूँजी आठ अर्ब १५ करोड २५ लाखको ११ं५ प्रतिशतले हुन आउने ९३ करोड ७५ लाख ४३ हजार लाभांश वितरण गर्नेछ । अघिल्लो आर्थिक वर्षको नाफाबाट बैंकले १५ प्रतिशत बोनस वितरण गरेको थियो । 

प्रस्तावित बैंकको लाभांश राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ । गत आर्थिक वर्षको नाफाबाट बैंकले एक अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

 

 

 

 

यस्तै एनबी बैंकले गत वर्ष १२ प्रतिशत बोनश र ३ प्रतिशत नगद लाभांश गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । 


आठ अर्ब आठ करोड रुपैयाँ चुक्ता पूँजी रहेको एनबी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमास सम्म बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९४ पैसा, प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात २० गुणा बढी छ ।

 

 

 

शुक्रबार नै नाडेप लघुबित्त वित्तीय संस्थाले पनि गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको भन्दै नेप्सेलाई जानकारी दिएको छ ।

विशेष