अर्थ शेयर

लगानीकर्तालाई राहत, दोहोरो अंकले बढ्यो शेयर बजार

लगानीकर्तालाई राहत, दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा सोमबार भने शेयरको मूल्यमा सुधार आएको छ । कारोवार मापक नेप्से परिसूचक सोमबार दोहोरो अंकले वृद्धि भएको छ ।

 

नेप्से परिसूचक ११.९२ बिन्दुले बढेर एक हजार २१९.२० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५१ बिन्दुले वृद्धि भई २५९.३२ बिन्दुमा पुगेको छ । नेप्सेमा वृद्धि भएपनि कारोवार रकममा भने वृद्धि हुन सकेन । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कूल १५५ कम्पनीको आठ लाख २२ हजार २०७ कित्ता शेयर रु २४ करोड ४५ लाख ७० हजार ५५२ मूल्यमा खरीद बिक्री भएका छन् ।

 

अधिकांश उपसमूहको शेयर कारोवारमा वृद्धि हुँदा बजार हरियाली भएको हो । बैङ्किङ ११.५२, होटल ३७.६२, विकास बैङ्क १३.५९, जलविद्युत् ७.५९, वित्त २.शुन्य सात, निर्जीवन बीमा ८७.४५, उत्पादन ०.७, अन्य २.९, माइक्रोफाइनान्स १७.९८ र जीवन बीमा ४९.६२ बिन्दुले बढेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा सिर्जना फाइनान्स, अरुण काबेली पावर लिमिटेड र हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताले भने सोमबार गुमाएका छन् ।

शेयर बजार

विशेष