अर्थ

अमेरिकी डलरको भाउ स्थिर

अमेरिकी डलरको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार अमेरिकी डलरको भाउ स्थिर छ। आइतबार १ रुपैयाँ ६३ पैसाले घटेको अमेरिकी डलरको भाउ सोमबार भने स्थिर रहेको हो। 

 

 

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार सोमबार अमेरिकी डरलको खरिददर मूल्य १ सय १५ रुपैयाँ ६० पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ २० पैसा रहेको छ।

 

 

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९२ पैसा छ। त्यस्तै आज यूके पाण्डको मूल्य भने घटेको छ। आज एक यूके पाउण्डको खरिददर १४९ रुपैयाँ ९८६ पैसा छ भने बिक्रिदर १५० रुपैयाँ ७६ पैसा छ।

 

 

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ७५ पैसा र विक्रिदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ।

डलरको भाउ

विशेष