अर्थ शेयर

शेयर कारोबारमा अनलाइन प्रणाली सुरु

शेयर कारोबारमा अनलाइन प्रणाली सुरु

काठमाडौं । मंगलबारदेखि शेयर कारोबारमा अनलाइन प्रणाली सुरु हुँदैछ । अनलाइन प्रणाली लागू भएसँगै अब शेयर किनबेच गर्न शेयर दलालको कार्यालयमा जानैपर्ने बाध्यता हटेको छ ।

 

 

साथै, घर वा कार्यालयबाटै शेयरको किनबेच गर्न सकिने भएको छ । यसका लागि धितोपत्र दलाल अर्थात ब्रोकरको कार्यालयबाट कारोबार गर्न युजरनेम र पासवर्ड लिनुपर्छ ।

 

 

यसका लागि ब्यक्तिगत विवरणका साथै मोबाइल नम्बर र इमेल ठेगाना ब्रोकर कार्यालयमा अनिवार्य रुपमा बुझाउनुपर्नेछ ।

 

 

त्यहि युजरनेम र पासवर्डका आधारमा जहाँबाट पनि शेयरको कारोबार गर्न सकिने नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

 

 

अनलाइन प्रणाली लागू भएपछि शेयर कारोबारमा नागरिकको पहुँच बढ्नुका साथै शेयर कारोबारका लागि ब्रोकर कार्यालयमा जानै पर्ने बाध्यता हट्ने नेपाल स्टक एक्सचञ्जले जनाएको छ । 

शेयर कारोबार अनलाइन प्रणाली

विशेष