अर्थ शेयर

नेप्से दोहोरो अंकले बढ्यो, ४३ करोडको कारोबार

नेप्से दोहोरो अंकले बढ्यो, ४३ करोडको कारोबार

काठमाडौं ।  साताको पहिलो दिनबाट नै बढेको नेप्से परिसूचक दोश्रो दिन सोमबारपनि दोहोरो अंकले बृद्धि भएको छ । 

 

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १२ दशमलव ४९ अंकले बढेर १ हजार १ सय ४४ दशमलव १९ को बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने २ दशमलव ८० अंकले बढेर २ सय ४३ दशमलव ८१ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १ सय ६३ कम्पनीको १२ लाख ६४ हजार ३४० कित्ता शेयर खरिदबिक्री हुँदा ४३ करोड ६७ लाख ५२ हजार ८५५ रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको भएको छ । जसको आज ५ करोड ४८ लाख ७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस बैंकले आजै मात्र ४० प्रतिशतको लाभांश घोषण गरेको छ ।

 

त्यस्तै यस दिन जसमा सर्वाधिक कमाउनेमा रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ७७ प्रतिशतले बढेको छ ।

साथै सर्वाधिक गुमाउनेमा महिला सहयात्री माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ६ दशमलव ६१ प्रतिशतले घटेको छ ।

 

यस दिन १० वटा समूहमा २ वटा समूहहरु घटेको छ भने ८ वटा कम्पनीहरु बढेका छन् । सबैभन्दा बढी बढ्ने समूह र्जीवन बीमा कम्पनी रहेको छ । घट्नेमा अन्य समूहको २ दशमलव ५१ अंकले घटेको छ भने उत्पादक तथा प्रशोधन समूह २ दशमलव ७९ प्रतिशतले घटेको छ ।

विशेष