जनता बैंकद्धारा ८ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । जनता बैंक लिमिटेडले ८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले मंसिर २४ गते बसेको संचालक समितिको बैठकबाट चुक्ता पुँजी ८ अर्ब रुपैयाँको ८ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गर्ने निर्णय भएको हो ।
जनता बैंक नेपाल लिमिटेडले गत आर्थिक बर्षको कमाईबाट दिने लाभांश घोषणा गरेको छ। बैंकको मङ्सिर २४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ८ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको हो।
उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैकको स्वीकृति तथा बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। लाभांशका लागि बैंकले बुक क्लोजका लागि पछि अलग्गै सूचना जारी गर्नेछ। बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन।
बैंकले चुक्ता पुँजी ८ अर्ब ७ लाखबाट हुन आउने ६८ करोड ६६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।
अघिल्लो आर्थिक वर्षमा बैंकले शेयरधनीलाई १४.४० प्रतिशत बोनस वितरण गरेको थियो ।
गत आर्थिक वर्षमा जनता बैंकले ९३ करोड ४७ लाख रुपैयाँ बढी वितरणयोग्य मुनाफा आर्जन गरेको थियो एक अर्ब ७९ करोड खुद नाफा कमाएको थियो ।