सिटिजन्स् बैंकको लाभांश घोषणा
काठमाडौं । सिटिजन्स् बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंसिर २५ गते मंगलबार बसेको २८२ औं बैंठकले बोनस र नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
अघिल्लो आर्थिक वर्षमा बैंकले शेयरधनीलाई १६ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद वितरण गरेको थियो ।
बैंकले आर्थिक वर्ष २०७४(७५ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई असार मसान्तसम्म कायम चुक्ता पूँजी आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० रुपैयाँको ३.६२८ प्रतिशत बोनस शेयर (२९ करोड १४ लाख ४५ हजार ७७३ रुपैयाँ) र १.६३५ प्रतिशत नगद लाभांश (१३ करोड १३ लाख ५६ हजार १४३ रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्षमा ९६ करोड ४९ लाख १२ हजार वितरणयोइग नाफा आर्जन गरेको थियो । यसबाट बैंकले बोनस र नगद गरि कूल ४२ करोड २८ लाख एक हजार ९१६ रुपैयाँ लाभांश बाँड्नेछ । बैंकको खुद नाफा भने एक अर्ब २७ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।
लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।