अर्थ

चोरी नियन्त्रण गर्न नसकेपछि भेहिकल ट्रयाकिङ सिस्टम प्रयोगमा ल्याउने तयारीमा निगम

चोरी नियन्त्रण गर्न नसकेपछि भेहिकल ट्रयाकिङ सिस्टम प्रयोगमा ल्याउने तयारीमा निगम


काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण गर्न सेक्युरिटी लकिङ सिस्टम जडान गरे पनि पूर्णरूपमा चुहावट नियन्त्रण नभएपछि नेपाल आयल निगमले ‘भेहिकल ट्र्याकिङ सिस्टम’ प्रयोगमा ल्याउने तयारी गरेको छ ।

इन्डियन आयल कर्पोरेट (आइओसी)बाट सेक्युरिटी लकिङ सिस्टम जडान गरेर निगमको विराटनगर डिपोमा आएको ट्यांकरबाट २५ सय लिटर डिजल चोरी भएको घटना सार्वजनिक भएपछि यो प्रविधिमा पनि प्रश्न उठेको छ ।

अहिले प्रयोगमा ल्याएको लकिङ सिस्टममा पनि छिटपुट चोरीका घटना भएपछि निगमले अझ उन्नत प्रविधि प्रयोग गर्ने रणनीति बनाएको समाचार आजको नागरिक दैनिकमा छ ।

विशेष