शेयर अर्थ

टेलिकमको लाभांश प्रस्ताव

टेलिकमको लाभांश प्रस्ताव

काठमाडौं । नेपाल टेलिकमले प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

टेलिकमले गत आर्थिक वर्ष २०७४/७५ को वितरण योग्य नाफाबाट शेयरधनीलाई प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।


 कम्पनीको पुस २ गते सम्पन्न सञ्चालक समितिको ८०२ औं बैठकले लाभांश दिने निर्णय गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा पनि कम्पनीले प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृती प्राप्त भएर टेलिकमको ११ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र वितरण हुनेछ ।

१५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८७ अर्ब ९८ करोड ९३ लाख २५ हजार ७१५ रुपैयाँ छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा टेलिकमले ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ खुद नाफा गरेको छ । टेलिकमले प्रतिशेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।

विशेष