अर्थ

मेगा बैंकले बोनस सहित घोषणा गर्‍यो ७.८५ प्रतिशत लाभांश

मेगा बैंकले बोनस सहित घोषणा गर्‍यो ७.८५ प्रतिशत लाभांश

काठमाडौं । मेगा बैंकले एक प्रतिशत बोनस सहित ७.८५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ ।  बैंकले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट उक्त प्रस्ताव गरेको हो ।


बैंक सञ्चालक समितिको बुधबार बसेको २३७ औं बैठकले १.००२३३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजन सहित ६.८५ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो ।

 

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

हाल मेगा बैंकको चुक्ता पूँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार ५७८ रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरे अनुसार १० करोड ३० लाख ९४ हजार ८७५ रुपैयाँ ८० पैसा बोनसमा र ७० करोड ४५ लाख ५८ हजार ५७० रुपैयाँ ५९ पैसा नगद लाभांश गरि कूल ८० करोड ७६ लाख ५३ हजार ४४६ रुपैयाँ ३९ पैसा लाभांशमा खर्च    गर्नेछ । 

 

गत आर्थिक वर्षमा बैंकले एक अर्ब ४ करोड ७१ लाख ३१ हजार रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा बैंकले १०.७५ प्रतिशत बोनस वितरण गरेको थियो ।

 
 

विशेष