३३ केजी सुन त भेटियो, तर भारतले दिँदै दिँदैन
काठमाडौं । नेपालको बहुचर्चित ३३ किलो सुन भारतीय शहर कोलकातामा मंसिर २१ गते फेला पेर तापनि नेपाल आउने सम्भावना भने एक प्रतिशत पनि छैन ।
सुनसरी, इटहरी ५ निवासी हेमप्रसाद शर्मा र राकेशप्रसाद शर्मा नाम गरेका नेपालीबाट बरामत भएको भनिएको उक्त सुनबारे भरतीय आसूचना निर्देशनालयले त्यहाँस्थित हाम्रो वाणिज्य दूतावासलाई जानकारी दिएको छ । तर, त्यो सूचना नेपाली नागरिक समातिएको कारणले मात्रै पठाइएको हुनुपर्ने काठमाडौं स्थित सरकारी अधिकारीहरुको अनुमान छ । २० प्रतिशत पुरस्कार दिने व्यवस्था छ । तर, भारु दश करोड ४५ लाख ६८ हजार सात सय रुपैयाँ बराबरको त्यो सुन नेपाल पठाइएमा सुराकी भत्ता पाइँदैन ।
हातमा परिसकेको माछो माया मारेर भारतीयले काम गर्लान् भन्नेमा सरकारी हाकिमहरुले विश्वास गर्न सकिरहेका छैनन् । त्यो सुन नेपाल आउन नेपाल र भारतका भन्सार प्रमुखहरुको संयन्त्रमार्फत जोडबलमा दिल्लीको उच्च नेतृत्वबाट मात्र सम्भव छ ।
यो समाचार जन आस्था साप्ताहिकबाट लिइएको हो ।