अपराध सुरक्षा

गृहमन्त्रीका छोरा प्रतीकले दलाल परिचालन गर्दा प्रहरी हैरान  

गृहमन्त्रीका छोरा प्रतीकले दलाल परिचालन गर्दा प्रहरी हैरान  

काठमाडौं । मन्त्री मात्र सोझा भएर नहुँदो रहेछ, दायाँबायाँका मान्छे खराब भएपछि ।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकले आफूलाई नभ्याएर मान्छेहरुलाई ‘दलाल’ बनाई ठाउँठाउँमा पठाउन थालेपछि प्रहरीहरु दिक्क भएका छन् । एकजना छन्, उत्साह चन्द । टंगालमा एटिक रेष्टुरेण्ट चलाउने । उनी प्रतीकको दूत बनेर दिनभरी टेकुस्थित प्रहरी परिसरमा पुग्छन् । आएका ठूल्ठूला मुद्धा मिलाउनेदेखि पोष्टिङ चाहिएका प्रहरीसम्मलाई त्यतै भेट्छन् र प्रतीकमार्फत् काम मिलाइदिने भन्दै बैना त्यहीँ बुझ्छन् । 

 

प्रतीकको बास हुने दुई ठाउँ, एउटा दरबारमार्गस्थित किङ्स लाउञ्च । त्यो म्याच फिक्सिङमा मुछिएका अञ्जन थापाले चलाएका हुन् । अहिले पनि प्रहरीको निगरानीमा छन् । तर, गृहमन्त्रीको छोरो त्यहीँ पुगेर, प्रहरीलाई फोन गर्दै ‘मेरो सुरक्षाका लागि एउटा टोली बाहिर खटाइदिनु’ भन्न भ्याउँछन् । अपराधीलाई निगरानी गर्नु कि मन्त्रीको छोरालाई ? प्रहरीहरु तनावमा छन् । अर्को हो, एटिक लाउञ्ज र सँगै रहेको नीलगिरी थकाली भान्साघर । त्यहाँ प्रहरी हेडक्वाटरभित्र काममा लागेका प्रहरी अधिकृतहरुलाई त लाइन नै लगाउँछन् । 

 यो समाचार जन आस्था साप्ताहिकबाट लिइएको हो । 
 

विशेष