काबेली विकास बैंकले बोलायो साधारण सभा, ३५ प्रतिशत बोनस दिने तयारी
काठमाडौं । काबेली विकास बैंकले लाभांश प्रस्तावका लागि साधारण सभा बोलाएको छ । विकास बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश प्रस्ताव गरेको सो बैंकले गत आर्थिक वर्ष २०७४र७५ को वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ३५ प्रतिशत बोनस शेयर वितरण गर्न एघारौँ वार्षिक साधारण सभा बोलाएको हो ।
बैंकको एघारौँ वार्षिक साधारण सभा पुस २८ गते शनिबार दिउँसो १२ः३० बजे होटल चिप एण्ड बेष्ट, धनकुटामा हुने बैंकले जनाएको छ ।
हाल बैंकको चुक्ता पूँजी २१ करोड ५ लाख ९० हजार रहेको छ । बैंकले यही चुक्ता पूँजीको ३५ प्रतिशत बराबरले हुन आउने ७ करोड ३७ लाख ६ हजार ६४० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने भएको हो । बोनस पश्चात् बैंकको चुक्ता पूँजी २८ करोड ४२ लाख ९७ हजार ४० रुपैयाँ पुग्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र बोनस शेयर पाउनेछन् ।