अर्थ बैंकिङ

आजबाट वाणिज्य बैंकहरूमा नयाँ व्याजदर लागू

आजबाट वाणिज्य बैंकहरूमा नयाँ व्याजदर लागू

काठमाडौं । निक्षेप बढाउन व्याजदर बढाउने प्रतिस्पर्धामा लागेका बैंकहरूलाई नेपाल राष्ट्र बैंकले शक्रबारदेखि नयाँ व्याजदर लागू गर्न निर्देशन दिएको छ । बैंकहरू व्याज बढाउने प्रतिस्पर्धामा लागेपछि राष्ट्र बैंकका गभर्नर डा। चिरन्जीवी नेपालले वार्णिज्य बैंकहरूका प्रमुख कार्यकारी प्रमुखहरूलाई बोलाए छलफल गरेका थिए । 

 

छलफल लगत्तै बसेको बैंकर्स संघले बिहीबार बेलुकी बैठक बसी व्याजदर घटाने भद्र सहमति गरेका हो । शुक्रबारदेखि बचतमा बढीमा ६ दशमलव ५ प्रतिशतसम्म, व्यक्तिगत मुद्दतीमा ९ दशमलव २५ र संस्थागत मुद्दतीमा ८ प्रतिशत मात्र व्याजदर कायम हुनेछ ।  यस्तै अब न्यूनतम ब्याज अन्तर दुई प्रतिशत बिन्दु राख्नुपर्ने भएको छ । 
 

 

व्याजदर

विशेष