सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र सिभिल बैंकको तर्फबाट सिबिओ सुजित कुमार शाक्यले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौताअन्तर्गत सिभिल बैंकका सम्पूर्ण ग्राहकले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रूपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरू सिभिल बैंकका सम्पूर्ण शाखाहरूमार्फत् उपलब्ध हुनेछ।
सिभिल बैंक