अपराध सुरक्षा

लिटिल बुद्धका नामले चिनिएका बम्जनकै आश्रमबाट तीन आनी पाँच वर्षदेखि बेपत्ता

लिटिल बुद्धका नामले चिनिएका बम्जनकै आश्रमबाट तीन आनी पाँच वर्षदेखि बेपत्ता

हेटौँडा । लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरू बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् । 

 

विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

 

बाराको रतनपुरी जंगलमा निराहार तपस्या गरेको भनी चर्चामा आएका बम्जनको बाराको हलखोरियास्थित आश्रममा आनी बन्न फूलमाया रुम्बा २०६८ सालदेखि गएको उनको परिवारले बताएको छ । बम्जनको आश्रममै रहेको अवस्थामा २०७१ सालको अन्त्यबाट सम्पर्क टुटेको भाइ विजयको भनाइ छ । उनका अनुसार अन्य दुई आनी पनि बेपत्ता भएका छन् । ‘हामीले दिदीको खोजी गरिरहेका छौं,’ रुम्बाले भने । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

रामबहादुर बम्जन

विशेष