बैंकिङ

एनआइसी एशिया बैंकले सुरु गर्‍यो फेसबुकमार्फत् 'साथी' च्याटबुट

एनआइसी एशिया बैंकले सुरु गर्‍यो फेसबुकमार्फत् 'साथी' च्याटबुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सामाजिक सञ्जाल फेसबुकअन्तर्गत साथी नामक च्याटबुट सञ्चालनमा ल्याएको छ । बैंकले 'बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि' को भावनाअनुरूप प्रविधिमा आएको विकासलाई आत्मसाथ गर्दै ग्राहकलाई थप सुविधामा दिने अभिप्रायले च्याटबुट सञ्चालनमा ल्याएको हो ।

 

'साथी' च्याटबुटमार्फत् बैंकका ग्राहकले आफ्नो चाहनाअनुरूपका जिज्ञासाकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्ने छन् । यस कार्यले डिजिटल बैंकिङको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

 

एनआइसी एशिया बैंक मुलुकभर २७० शाखा कार्यालय, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ इकाइमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । वासलातको आकार रू. २१३ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब र कुल कर्जा करिब रू. १४५ अर्बसहित निजी क्षेत्रका बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित भएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छन् ।

एनआइसी एसिया बैंक

विशेष