बैंकिङ

एनआइसी एसिया र सन नेपाल लाइफबीच बैंकास्योरेन्स सम्झौता

एनआइसी एसिया र सन नेपाल लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २७० वटै शाखाहरूबाट सहज रूपमा सन नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरू खरिद गर्न सक्ने छन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरे । 

 

बैंकले मुलुकभर २७० शाखा कार्यालय, २८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ इकाइमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  बैंकको वासलातको आकार रू. २१३ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब पुगी कुल कर्जा करिब रू. १४५ अर्बसहित निजी क्षेत्रका बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भएको छ । ग्राहकको संख्या करिब १४ लाख पुगेको बैंकले जनाएको छ ।

 

एनआइसी एसिया

विशेष