एनआइसी एशिया र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले देशभर फैलिएको २७० वटै शाखाबाट सहज रुपमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसी खरिद गर्न सक्ने छन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरे।
बैंकले २७० शाखा कार्यालय, २८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ इकाइमार्फत् बैंकिङ सेवा प्रदान गर्ने गर्दे आएको छ । बैंकको वासलातको आकार रू. २१२.अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब पुगेको बैंकले जनाएको छ । साथै कुल कर्जा करिब रू. १४६ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको बैंकले जनाएको छ ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
एनआइसी एसिया बैंक