अर्थ

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन मंगलबार छ सय बढेर प्रतितोला रु ५८ हजार ३०० मा कारोवार भएको छ। 

 

 

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासङ्घले जनाएको छ। 

 

 

आइतबार प्रतितोला ५७ हजार एक सयमा कारोवार भएको तेजावी सुन मंगलबार आइपुग्दा नौ सयले बढेर ५८ हजारमा कारोवार भएको छ। 

 

 

 

केही दिन स्थिर रहेको चाँदी मंगलबार २० बढेर ७२० मा कारोवार भएको छ।  महासङ्घले मंगलबार १० ग्राम सुनको मूल्य ४९ हजार ९८५ कायम गरेको छ। त्यस्तै १० ग्राम चाँदीको ६०९ कायम भएको छ।

विशेष