अर्थ बैंकिङ

ग्लोबल आइएमई बैंकले बोनस वितरण गर्ने 

ग्लोबल आइएमई बैंकले बोनस वितरण गर्ने 

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश वितरण गर्ने भएको छ । 

 

 

गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस वितरण गर्ने बैंकले जनाएको छ । 

 

 

बैंकका अनुसार मंसिर १८ गते मंगलबार बसेको बैंक सञ्चालक समितिको ३०७ औं बैंठकले आर्थिक वर्ष २०७४—७५ को नाफाबाट १६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरिएको हो । 

बैंकले एक अर्ब ४२ करोड २१ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

 

 

बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ छ । १६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब ३१ करोड नाघ्नेछ ।
 

विशेष