अर्थ

भैरहवा सेजमा १८ उधोग दर्ता

भैरहवा सेजमा १८ उधोग दर्ता

काठमाडौं ।  उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालय विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज ) भैरहवामा हालसम्म १८ वटा उधोग सञ्चालन अनुमति माग गर्दै दर्ता भएका छन् । 

 

 

 

 ३६ हेक्टर जमिनमा फैलिएको सेजमा  हालसम्म १८ वटा उधोग सञ्चालनको लागि निवेदन परेको सेजका प्रवक्ता सुन्दार थापाले बताए ।  यसअघि करिब साउनसम्ममा कुल १३ वटा उधोग दर्ता भएका थिए । 

पछिल्लो समयमा सेजमा उधोग सञ्चालनको लागि अनुमति लिन आउने उधोग व्यवसायीको संख्या बढेको प्रवक्ता थापाले बताए । 

 

दर्ता प्रक्रिया सकिएपछि लगानीकर्ताहरु उद्योग सञ्चालनको भौतिक निर्माणमा लाग्ने थापाले बताए। दर्ता प्रक्रियासँगै कम्पनीको काम, वातावरणीय आइए/ इआइए लगातका सम्पूर्ण काम पनि प्राधिकरण मै हुनेछ। यी सबै काम प्राधिकरण मै हुने भएकाले उद्योग सञ्चालन छिटो हुने विश्वास प्राधिकरणले लिएको छ।

 

 

प्राधिकरणले भैरहवा सेजमा उद्योग सञ्चालन गर्ने भनेर १७ वटा उद्योगसँग सम्झौता गरिसकेको छ ।

सेजमा उधोग सञ्चालनका लागि स्वदेशी मात्र नभएर विदेशी संघ संस्थाले पनि चासो देखाएको सेजले जनाएको छ । यसरी चासो देखाउनेमा भारत, चीन, जापान लगायतका मुलुकका आर्थिक संघसंस्था रहेको थापाले बताए ।

६९ वटा प्लट रहेको सो क्षेत्रमा ६८ वटा प्लट भने उधोगी व्यसायीलाई दिने तयारी गरिएको छ भने एउटा प्लट भने सेजले विद्युत लगायतका भौतिक संरचना विस्तारका लागि प्रयोग गर्ने सेजले जनाएको छ । 

सेज सञ्चालनमा ढिला भएको स्वीकरदै पवक्ता थापाले भने, ‘ विभिन्न सरकारी निकायमा प्रक्रियागत हिसाबले जानुपर्ने हुदाँ ढिलाई हुन पुगेको हो । तर ढिलाई भए पनि उधोग सञ्चालनका लागि अनुमति माग गर्ने उधोगी व्यवसायीको संख्या भने आइरहेको छ । ’ 

क्षेत्रफल तथा भौतिक संरचनाको अपर्याप्ततका कारण माग गरेजति उधोग सञ्चालनका लागि अनुमति दिन नसिकिएको सेजले जनाएको छ । 
 उधोग दर्ताको क्रममा उधोगीव्यवसायीहरुले विशेष आर्थिक क्षेत्र ऐन २०७३ परिमार्जन हुन पर्ने समेत प्रतिक्रिया दिएकोे बताइएको छ । 

उधोग सञ्चालनको लागि अनुमतिपत्रको अवधि उधोगको प्रकृति हेरी बढीमा तीस वर्षको हुने प्रावधान रहेको छ । सेजको अवधारणा नै उत्पादित वस्तु निर्यात गर्नु हो। जसअनुसार सेजमा स्थापना भएका उधोगबाट उत्पादित प्रायजसे वस्तु वा सेवा  विदेश निर्यात गुर्नपर्ने हुन्छ । यस्तै सेजमा उत्पादित वस्तु वा सेवाको कुल उत्पादनको २५ प्रतिशतसम्म नेपालको आन्तरिक बजारमा बिक्री गर्न सक्नेछ छ भने त्यो भन्दा धेरै आन्तरिक बजारमा बिक्री गरेमा जरिवानाको लागि सिफारिस गर्ने व्यवस्था गरिएको छ । 

केही व्यवसायीहरु भने सेजमा उधोग सञ्चालनबाट पछि हटेको समेत पाएको छ । 

सेजमा उत्पादित वस्तुहरु ७५ प्रतिशत विदेश निकाशी गर्नुपर्ने प्रावधान हुदाँ व्यवसायीहरु पछि हटेको सेजले जनाएको छ ।


औद्योगिक क्षेत्र भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र भारतको नयाँदिल्लीसँग एक हजार किलोमिटर दुरीमा छ। ३६ हेक्टर जमिनमा फैलिएको यो सेज कानपुर, हरियाणालगायत प्रदेशबाट नजिक पर्छ भने लखनउ र गोरखपुर क्रमशः चार सय र ९५ किलोमिटर दुरीमा पर्छन्।

नेपाल सरकारले सेजलाई नमूना परिक्षणको लागि हेरिएको थियो । नेपाल सरकारले पहिला परिक्षणकालमा कति उधोगी व्यवसायी आँउछन् सो अनुसार अघि बढ्ने सरकारी नीतिरहेको थियो । यद्पि सेजको दुई पटक उद्घााटन भइसकेको छ । तर , सोचे अनुरुप अघि बढ्न भने सकेको छैन । 

विशेष