अर्थ शेयर

चौतारी लघुवित्तको आइपिओ खुल्यो 

चौतारी लघुवित्तको आइपिओ खुल्यो 

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ। संस्थाको ६ लाख कित्ता साधारण सेयर बुधबारबाट बिक्री खुल्ला भएको हो।

 

 

संस्थाले ६ लाख कित्तामध्ये ९ हजार ३ सय कित्ता कर्मचारीहरुको लागि, ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई  र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्तामा लागि मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन गर्न पाउनेछन् ।संस्थाले प्रतिकित्ता १ सय अंकित मूल्यमा सेयर निष्कासन गरेको हो। 

 

 

संस्थाले जारी गरेको आइपिओमा छिटोमा मंसिर २३ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष १९ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ।

 

सर्वसाधारण लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ३ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाहरु वा मेरो सेयरमार्फत् अनलाइन आवेदन दिन सकिनेछ। 

 

 

 

बुटवलमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले १०० रुपैयाँ अंकित दरका ५ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशनका लागि गत भदौ २१ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । हाल चौतारीको चुक्ता पूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । आईपिओपछि चुक्ता पूँजी १८ करोड पुग्नेछ ।

 

 

विशेष