अर्थ शेयर

अनशन बसेकै दिन नेप्से परिसूचक १०.८५ अंकले बढ्यो

अनशन बसेकै दिन नेप्से परिसूचक १०.८५ अंकले बढ्यो

काठमाडौं । शेयर बजारका लगानीकर्ताले अनलाइन कारोबार प्रणाली मार्फत कारोबार र बजारको सुधारको माग गर्दै अनशन सुरु गरेकै दिन नेप्सेमा दोहोरो अंकको सुधार देखिएको छ ।

 

लगानीकर्ताको समुहले आइतबारदेखि नेप्सेमा रिले अनशन सुरु गरेकै दिन नेप्से परिसूचक १०.८५ अंकले बढेको छ ।

 

आइतबार नेप्से १०.८५ अंकले बढेर ११३१.७० अंकमा उक्लिएको छ। यसदिन १५५ कम्पनीका सात लाख १४ हजार ६१८ कित्ता शेयर २२ करोड ३७ लाख रुपैयाँमा बराबरमा किनबेच  भए । कारोबार रकम गत बिहीबारको तुलनामा १४ करोड ७२ लाख रुपैयाँले घटेको हो । बिहीबार ३७ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

गत बिहीबार २.७० को झिनो अंकले बढेर बन्द भएको बजार साताको पहिलो दिन आइतबार पनि १०.८५ अंकले बढेको हो । 

बजारमा सुधार आएसँगै परिसूचक ११३१.७० बिन्दुमा उक्लेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स पनि २.६८ अंक बढेर २४१.०२ अंकमा पुगेको छ ।

विशेष