साहित्य आज

‘नेपालका प्रमुख धर्महरू’ नामक पुस्तकको लोकार्पण

‘नेपालका प्रमुख धर्महरू’ नामक पुस्तकको लोकार्पण

काठमाडौं । लेखक हर्क याक्सोको कृति ‘नेपालका प्रमुख धर्महरू’ को लोकार्पण गरिएको छ । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको एक समारोहकाबीच याक्सोको ‘नेपालका प्रमुख धर्महरु’ कृतिको लोकार्पण गरिएको हो । सोही अवसरमा संस्थाले उनलाई अभिनन्दनसमेत गरेको छ ।

 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कृतिको लोकार्पण एवं स्रष्टालाई अभिनन्दन गर्दै याक्सोले बिभिन्न धर्मका विविधताहरूलाई पुस्तकमार्फत संक्षिप्त परिचय दिंदै नेपाल भित्रका धर्महरूको स्थिति उजागर गर्न सफल भएको र यस्ता खोजमुलक ग्रन्थले समाजको उत्थानमा महत्वपूर्ण सहयोग गर्ने बताए । संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले स्रष्टा याक्सो र उनको कृतिबारे बोल्दै धर्मको बिषयवस्तुलाई गहन ढंगले केलाईएको र ईतिहासका बिभिन्न कालखण्डसंग जोडिंदै आएका मानव सभ्यताका विविध पक्षहरू बुझ्न सजिलो हुने उल्लेख गरे । 


लेखक  याक्सोलाई शुभकामना दिंदै उनको लेखन पक्ष, संघर्ष र ऐतिहासिकतासँग जोडिएर पूर्व सभासद नन्दकुमार प्रसाई, पूर्वराजदूत प्रल्हादकुमार प्रसाईले याक्सोको सरल, सादगी, ईमान्दारीपन एवं अध्ययनशील छविको बारेमा चर्चा गरेका थिए । यस्तै, पूर्वमन्त्री हरिप्रसाद न्यौपाने, पूर्व निर्वाचन आयुक्त एवं राजदूत डा. रामभक्त ठाकुर र संस्थाका बरिष्ठ सल्लाहकार लक्ष्मीप्रसाद प्रसाईले पनि संघर्षशील र मेहनती लेखक याक्सोले अझ नयाँ कृतिहरू लेख्नुपर्नेमा जोड दिए ।  

 

यस्तै, विमोचित कृतिको बारेमा चर्चा गर्दै प्रा. फणिन्द्र निरौलाले यस्ता खोजमूलक पुस्तकले नेपालका विद्यमान धर्म एवं धार्मिक मान्यताका विविध पाटाहरू जान्न सकिने बताए । लेखक हर्क याक्सोले विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानबाट आफ्नो कृति लोकार्पण र आफूलाई अभिनन्दन गरेर हौसला प्रदान गरेकामा धन्यवाद व्यक्त गरे ।  

 

लेखकलाई आलोचना, समालोचना, सम्मान र हौसलाले अघि बढ्न सहयोग गर्छ भन्दै याक्सोले संस्थाको उत्तरोत्तर प्रगतिको कामनासमेत गरे । याक्सोको पुस्तकलाई विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो।

लेखक हर्क याक्सो नेपालका प्रमुख धर्महरू

विशेष