अपराध सुरक्षा

बलात्कार गरेको भनि उजुरी दिएकी युवतीले बयान फेरिन, यसो भन्छिन्

बलात्कार गरेको भनि उजुरी दिएकी युवतीले बयान फेरिन, यसो भन्छिन्


काठमाडौं । दरबारमार्गको ल्याण्डमार्क होटलमा माघ ७ गते भएको सामुहिक बलात्कारको घटनाका पीडित युवतीले प्रहरीमा बयान दिएकी छिन् ।

बुधवार साँझ महानगरीय प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको छानविन समितिको सम्पर्कमा आएकी युवतीले यसअघि मौखिक उजुरीमा बताएभन्दा फरक बयान दिएकी हुन् । उनले आफूमाथि बलात्कार नभएको बयान दिएकी हुन् ।

महानरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत एक प्रहरी अधिकृतका अनुसार बुधवार साँझ टेकुमा पुगेकी युवतीलाई छानविन समितिका एक सदस्यले बयान लिँदा ‘रामेछापका शैलेश कार्की आफ्नो केटासाथी भएको र सहमतिमै त्यो साँझ एकपटक शारीरिक सम्पर्क भएको’ बताएकी थिइन् । तर, ती सदस्यले त्यसरी घटना लुकाए ‘राम्रो नहुने’ भन्दै यथार्थ बताउन आग्रह गरेका थिए ।

छानविन समितीका संयोजक एसपी रामदत्त जोशीले युवती प्रहरीको सम्पर्कमा आएको जानकारी दिँदै भने, ‘सोधपुछ गर्दै छौं, अहिले उनी प्रहरीको संरक्षणमा छिन् ।’

सामूहिक बलात्कारको मौखिक उजुरी आएपछि प्रहरी कार्यालय बाहिर गुपचुप मिलापत्रको कागज गराउने महानगरीय प्रहरी वृत दरबारमार्गका ईन्सपेक्टर लक्ष्मण सिंह ठकुरी र वृत ईन्चार्ज डिएसपी तिलक भारतीलाई त्यहाँबाट सरुवा गरेर अनुसन्धान शुरु गरिएको छ ।

अनुसन्धानका लागी डिएसपी भारतीलाई काठमाडौं जिल्लामा हाजिर गराइएको छ भने इन्सपेक्टर ठकुरीलाई नक्सालस्थित १ नम्बर गणमा राखिएको छ ।

विशेष