पर्यटन

नेपालीले घुम्नै पर्ने १० पर्यटकीय स्थल

नेपालीले घुम्नै पर्ने १० पर्यटकीय स्थल

काठमाडौं । सन्तान थरिथरीका भनेजस्त सोच पनि थरिथरीका हुन्छन् । त्यसैले एउटालाई राम्रो लागेको कुरा अर्को लाई नराम्रो पनि लाग्न सक्कछ । तर, यहाँ हामी नेपालको त्यस्तो ठाउँहरुको नाम उल्लेख गर्न जादै छौँ, जहाँ पुगेपछि तपाईं हाम्रो सोच र धारणा एउटै बन्न पुग्छ । नेपालका पर्यटकीय स्थल जहाँ पुगेपछि यी स्थान मन परेन भन्ने मानिसहरु बिरालै भेट्न सकिन्छ । जीवनमा कम्तीमा एक पटक नेपालको यो स्थानहरुको भ्रमण गर्न नबिसर्नु होला ।

 

काठमाडौं

पहिलो पटक सुन्दा लाग्छ काठमाण्डौँ फोहोर र दुर्गनधले भरिएको सरह हो । तर यहाँको भित्री रहस्य कला र संस्कृतिलाई नियालेर हेर्ने हो भने एक पटक पुग्नै पर्ने ठाउँ मध्यको एक हो काठमाडौँ । नेपालका धेरै सम्पदाहरु विश्वसूचीमा सूचीक्रित छन् । ती मध्य पनि सात वटा सम्पदाहरु काठमाण्डौँ मात्रै अवस्थित छन् । पशुपति क्षेत्र, पाटन दरबार स्वायर, श्वायम्बुनाथ क्षेत्र, भक्तपुर दरबार स्वायर, काठमाण्डौँ दरबार स्वायर, बौद्धनाथ स्तुपा जस्ता थुप्रै पर्यटकीय क्षेत्र यहाँ रहेको छन् ।

 

लुम्बीनी

गौतम बुद्धको जन्म स्थल हो लुम्बीनी । यो नेपालको कपिलवस्तु जिल्लामा छ । विश्वभरका बौद्धप्रति आस्था राख्ने भक्तजनहरुका लागि यो स्थल मुख्य धार्मिक केन्द्रको रुपमा रहेको छ । पाँच हजार बर्ष अघि बुद्धको जन्म भएको यो ठाँउ आज पनि धेरै यस्ता तथ्ये प्राप्त भएका छन् जस्ले बुद्धको जन्म यहि ठाउँमा भएको हो भन्ने प्रमाण दिन्छ । यी मध्य अशोक स्तमब पनि एक हो ।

 

जनकपुर

जनकपुर सहरको इतिहास रामायण काल देखिनै प्रख्यात छ । रामायणकालमा मिथीला राज्य जहाँ राजा जनकले राज्य गर्दथ्ये । आज पनि त्यो ठाउँलाई राजा जनकको राजधानी भनेर चिनिन्छ । जनकपुर माता सीताको जन्मस्थल पनि हो । अहिले यहाँ सीतामाताको ठूलो मन्दिर रहेको छ ।

 

सगरमाथा

सगरमाथा बेस क्याम विश्वकै सर्वोच शिखर नेपालको मात्र नभएर विश्वभरका मानिसहरुको महत्वको केन्द्रको रुपमा रहेको छ । वर्षेनी हजारौँको संख्यामा पर्यटकहरु सगरमाथा बेस क्याम पुग्ने गर्द छन् । ८ हजार ८ सय ४८ उचाइ मिटरमा रहेको यो शिखर विश्व भरका मानिसहरुका लागि एकपटक पुग्नै पर्ने ठाउँको रुपमा हेरिदै आएको छ । जो व्यक्तिमा एडभेन्चरको रहर धेरै हुन्छ त्यो व्यक्तिको इच्छा हुन्छ एक पटक सगरमाथाको आरोहण गर्ने ।

 

पाँचपोखरी

पाँचपोखरी जुगल हिमालको काखमा अवस्थित छ । पाँँचपोखरी ट्रेकिङका लागि उपयुक्त ठाउँले पनि परिचित छ । यहाँबाट हिमालको ल्याण्डस्केप भ्यू देख्दा मन हर्सित हुन्छ । पाँचपोखरी पुग्नु पूर्व तपाईंहरुले बाटोमा फरक–फरक किसिमका जातजातिको बसोबास रहेको छ ।

 

खप्तड राष्ट्रिय निकुञ्ज

नेपालको सुदूर पश्चिममा रहेको खप्तड राष्ट्रिय निकुञ्ज झण्डै दुई सय पचिस वर्ग किलो मिटरमा फैलिएको छ । यस्को ल्याण्डस्केप दृश्य विश्वकै उत्कृष्ट मानिन्छ । विभिन्न प्रजातीका चराहरु तथा जनावरको समूहले यहाँको सौन्दर्यतालाई अझ बढाएका छन् ।

 

रारा ताल

रारा ताल आफैँमा एक मनमोहक नाम अनि नाम जस्तै यसको मनमहोकताले गर्दा जोकोहिलाई यसले आफूतिर आकर्शित गर्दछ । रारा ताल एक पटक पुग्न पर्ने ठाउँको रुपमा रहेको छ । जोकोहि पनि रारा तालको भ्रमण गर्दछ उसलाई फेरि कैहिले रारा जाने हो भन्न मन लाग्छ । रारा ताल नेपालका तालहरु मध्यका सबै भन्दा ठूलो ताल हो र यहाको जैविक विभिता र प्रकृति सौन्दर्यतालाई बयाँन गरियो भने सयौँ पानामा पनि समेट्न सकिदैन । रारा लेक ट्रेकिङग पनि पर्यटकहरुका अति रुचाइएका गन्तव्यको रुपमा चिनिएको छ ।

 

माथिल्लो मुस्ताङ्ग

माथिल्लो मुस्ताङ्ग जसलाई हिमालयको मरुभूमि भनेर पनि चिन्ने गरिन्छ । यहाँको कला–संस्कृतिले नेपाली सांस्कृतिक विभितालाई प्रसट्याएको छ । बीचमा बन्जर मरुभूमि र छेउ–छाउमा सेता हिमालहरुका दृश्यले जोकोहिलाई पनि मोहित तुल्याउँ छ । बर्षेनी हजारौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु माथिल्लो मुस्ताङ्गको भ्रमणको लागि पुग्ने गर्द छन् ।

 

अन्नपूर्ण आधार शिविर

अन्नपूर्ण आधार शिविर जहाा वर्षेनी हजारौँको संख्यामा ट्रेकहरु त्यहाँ पुगने गर्दछन् । जहाँबाट सात हजारदेखि हाठ हजारसमका हिम श्रृंखलाहरु दृश्य देख्न सकिन्छ । अन्नपूण आधार शिविर ट्रेक विश्वकै एक प्रमुख ट्रेकिङ्ग गन्तव्यको रुपमा लिइन्छ ।

 

तिलिचो ताल

मनाङ्ग जिल्लामा रहेको यो ताल नेपालको मात्रै नभएर विश्वकै अग्लो स्थानमा रहेको ताल हो । समूद्री सतहदेखि झण्डै पाँच हजारको उचाइमा रहेको छ यो ताल । यो ताल तिलिचो लेक ट्रेकका नामले पनि प्रसिद्ध छ । यो ठाउँ पनि स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि पुग्नै पर्ने स्थान हो ।

विशेष