बैंकिङ

एनआईसी एशियाका थप २ नयाँ शाखा चैनपुर र धादिङ्गवेशीमा

एनआईसी एशियाका थप २ नयाँ शाखा चैनपुर र धादिङ्गवेशीमा

काठमाडौं । एन आई सी एशिया बैंकको २ नयाँ शाखा थपिएका छन् । बझाङको चैनपुरुस्थित जयपृथ्वी नगरपालिका वडा नं. १० र धादिङको धादिङबेशीस्थित निलकण्ठ नगरपालिका वडा नं. ०३ मा नयाँ शाखा थपिएका हुन् ।


जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र बहादुर खड्का र बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले एक कार्यक्रममा शाखाको औपचारिक उद्घाटन गरेका हुन् । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

 

सो शाखा कार्यालयसँगै यस बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु, १६८ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जारी विज्ञप्तिमा जनाइएको छ ।

विशेष