जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
लम्जुङ । बोल्न नसक्ने १६ वर्षीया युवतीलाई ललाई फकाई घरदेखि केही परको जंगलमा लगि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ज्ञानबहादुर लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
राइनस नगरपालिका–६ सालफेदी बस्ने ५६ वर्षीय ज्ञानबहादुर लामालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हाे । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।