अपराध सुरक्षा

सूचना लिन खोज्दा फोनबाट धम्की

अर्कना खातून

सूचना लिन खोज्दा फोनबाट धम्की

विरगंज । विरगंज महानगरपालिका वार्ड नं ३१ बस्ने मुहम्मद और गंजेब अंसारीले सूचना माग्दा समिर आलमले फोन मार्फत धमक्याएका छन् । अंसारीले सूचनाको हक सम्बन्धि ऐन २०६४ अनुसार विरगंज महानगरपालिका, श्रीपुर पावर हाउसस्थित सिद्धार्थ माध्यामिक विद्यालयका प्रधानध्यापक राजेश पाण्डेलाई सूचना उपलब्ध गराइपाउँ भनि चिठ्ठी पठाएका थिए ।


आलमले पाण्डेलाई त्यस्तो प्रकारको चिठ्ठी किन पठाएको भन्दै फोनमार्फत गालीगलौच गरेको अन्सारीले बताए । उनले शिक्षककाे लगत, हालसम्मकाे अार्थिक हिसाबकितावलगायत आठ बुँदे विभिन्न सूचनाको मागसहित पत्र पठाएको बताए ।


अंसारीले यहि पुस २८ गते हुलाकमार्फत उक्त विद्यालयमा नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ को उपदफा १ तथा दफा ७ अनुसार सूचनाको मौलिक हक हरेक नागरिकले पाउने अधिकार रहेको हुनाले सूचना माग गर्दै पत्र पठाएका हुन् ।


तर यता भने आलमले अनावश्यक चिठ्ठी किन पठाएको र आइन्दा यस प्रकारको कुनै चिठ्ठी पठाएमा ठीक हुने छैन् भनि फोन गरेर अंसारीलाई धम्कीदिएको कुरा आर.टि.आई एक्टिभिस्ट सर्फुल्लाह अंसारीले जानकारी दिए । अंसारीले ऐनको दफा७को उपदफा २ बमोजिम सूचना तथा विवरणहरुको प्रमाणित प्रतिलिपिको माग गरेका हुन्

विशेष