यौन-शिक्षा

कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

कण्डम सुरक्षित यौन सम्पर्कका लागि अत्यावश्यक चिज हो । कण्डमको प्रयोगले मानिसहरुलाई अनावश्यक गर्भधारण मात्र होइन यौनजन्य रोगबाट पनि बचाउँछ । तर कण्डम कसरी लगाउने भन्ने चाँहि धेरैलाई राम्रो जानकारी हुँदैन ।

 


१ शुरुमा कण्डमको प्याकेटबाट कण्डमलाई छेउँ तर्फ धकेल्नुस् । यसो गर्दा फुट्ने खतरा रहँदैन ।

 

यसमा हावाका फोका छन् कि छैन हेर्नुस् । यदि हावाका फोका छन् भने कण्डम ठिक छ । यदि छैनन् भने फुटेको हुन सक्छ ।

 

२ कण्डम निकाल्दा दाँत वा कैँची जस्ता धारिला बस्तुको प्रयोग कहिल्यै पनि नगर्नुस् । यसले कण्डम फुट्ने सम्भावना बढी हुन्छ ।

 

कण्डमलाई २ छेउँमा समातेर लिङ्ग प्रवेश गराउनु पर्छ अन्यथा यो उल्टो र्पयो भने तपाइँलाई चिल्लो पनाको अभावमा समस्या हुन्छ ।

 

३ कण्डमको टुप्पोमा च्याँप्नु भो भने यसमा रहेको हावा बाहिर जान्छ अनि मात्र लिङ्ग प्रवेश गराउनु पर्छ ।

 

४ यौन सम्पर्क गर्दा कण्डमको पछिल्लो केही भाग बाहिरै देखिएको हुनु पर्छ अन्यथा कण्डम भित्र अड्किने र गर्भ रहने डर हुन्छ ।

 

५ कण्डम प्रयोग गरेपछि शौचालयमा कहिल्यै पनि नहाल्नुस् । यसो गर्दा ट्वाइलेट जाम हुने खतरा हुन्छ ।

 

६ कण्डमको प्याकेटमा सँधै उत्पादन मिति हेर्नुस् ।

 

७ कण्डमको पुनः प्रयोग कहिल्यै पनि नगर्नुस् ।

विशेष