अपराध सुरक्षा

कस्तुरीको ११ थान नाभिसहति सुनचाँदी व्यापारी पक्राउ

कस्तुरीको ११ थान नाभिसहति सुनचाँदी व्यापारी पक्राउ


बारा । बाराको सिमराबाट ११ थान कस्तुरीको नाभिसहित एक जना पक्राउ परेका छन् ।

 


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जीतपुर सिमरा उपमहानगरपालिका–१ एयरपोर्ट रोडका बागलुङ सुनचाँदी पसलका सञ्चालन बलबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिमराको समन्वयमा सीआईबीको टोलीले सुन पसलमा अवैध रूपमा राखिएको ११ वटा संरक्षित वन्यजन्तु कस्तुरीको नाभि बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।

 

पक्राउ परेका विश्वकर्मालाई वन्यजन्तु ऐन अनुसार कारवाहीका लागि प्रहरीले बिहीबार जिल्ला वन कार्यालय बाराको जिम्मा लगाएको छ। पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाराको हिरासतमा राखिएको छ।

विशेष