हिजोको पराई अाज खास भर्इदियौ तिमी (होली लक्षित )
दूर छ रंगको खोली, पास भर्इदियौ तिमी
हिजोको पराई मान्छे, खास भर्इदियौ तिमी
बटुलेर सप्तरंगी रंगाउँझैँ लाग्ने तिम्रो अधर
नभई बाँच्नै नसकिने, सास भर्इदियौ तिमी
भरेर रंगको लोलामा, मोहनीको जादु हान्याै
मदहोसीमै चुमेर अधर, दास भर्इदियौ तिमी
भिजाई मेरा अंगअंग रंगाई दियौ रंगमा
कस्तो जादु स्पर्शको, मद्होस् भर्इदियौ तिमी
लिएर आयौ रंगको होली सादा मन रंगाउन
आधायाम यादमै वित्यो, मधुमास भर्इदियौ तिमी
दूरै थियो रंगको खोली, पास भर्इदियौ तिमी
हिजोको पराई मान्छे, खास भर्इदियौ तिमी