अर्थ

सार्क राष्ट्रमा नेपालभन्दा अफगानिस्तान र बंगलादेशमा बढी भष्ट्राचार, कुन देशको अवस्था कस्तो ?

सार्क राष्ट्रमा नेपालभन्दा अफगानिस्तान र बंगलादेशमा बढी भष्ट्राचार, कुन देशको अवस्था कस्तो ?

काठमाडौं । भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल १२२औं स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलको २०१७ को प्रतिवेदन अनुसार नेपालले केही स्थान सुधार गरेको हो।

 

ट्रान्सपरेन्सी इन्टरनेशनलले १०० अंकलाई आधारमा मानी १०० लिनेमा कम र ० लिनेमा बढी भष्ट्राचार मान्दा नेपाल भष्ट्राचार गर्ने देशहरुको सूचीमा १२२औ स्थानमा देखिएकाे हाे । गत वर्ष नेपाल १३१ औं स्थानमा थियो ।  २०१६ मा १०० अंकमा २९ अंक नेपालले प्राप्त गरेको थियो भने २०१७ मा २ अंक सुधार गरी ३१ अंक प्राप्त गरेको छ। 

 

ट्रान्सपरेन्सीले हरेक वर्ष १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गर्ने गर्दछ । विश्‍वका १८० राष्ट्रमा गरिएको अध्ययनअनुसार सोमालिया सबै भन्दा बढी भष्ट्राचार गर्ने देशमा छ ।

 

सार्क ८ राष्ट्रहरुमा नेपाल भन्दा बढी भष्ट्राचार अफगानस्तान र बंगलादेशमा हुने देखिएको छ। जम्मा १५ अंक पाएको अफगानिस्तान १७७ औं स्थानमा छ। यसैगरी बंगलादेश १४६ औं, पाकिस्तान १२३ औं, माल्दिभ्स ११८ औं, श्रीलंका ९७ औं, भारत ८५ औं र भुटान २९ औं स्थानमा छन्। अफगानिस्तान पुछारबाट चौथो स्थानमा छ ।

 

छिमेकी राष्ट्रहरु भारतमा र चीन कम भष्ट्राचार गर्नेको सूचीमा क्रमश ४० र ४१ औँ स्थानमा छन्। सन् २०१६ को तुलनामा नेपालमा भष्ट्राचार भने न्यूनिकरण भएको देखिएको छ।

सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजिल्यान्ड पहिलो र डेनमार्क दोस्रो स्थानमा छन्। उनीहरुले पाएको नम्बर क्रमशः ८९ र ८८ छ । चीन ४१ नम्बरसहित ७७ औं स्थानमा छ।

 

विशेष