अर्थ भिडियो

‘रेनल्ड’ गाडीमा ब्रह्मलुट, समाचार लेख्दा सञ्चार माध्यम बन्द गरिदिने धम्की (भिडियो)

‘रेनल्ड’ गाडीमा ब्रह्मलुट, समाचार लेख्दा सञ्चार माध्यम बन्द गरिदिने धम्की (भिडियो)

काठमाडौं । रेनल्ड गाडीमा उपभोक्ताबाट अस्वाभाविक शुल्क उठाइ ठगेको समाचार नेपालआजले सम्प्रेशण गरे लगत्तै कम्पनीले ‘मान्छे’ पठाएर सञ्चार माध्यम बन्द गरिदिने धम्की दिएको छ ।

 

नेपालका लागि रेनल्ड गाडीको आधिकारिक बित्रेता एड्भान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले पठाएका व्यक्तिले धम्कीपूर्ण भाषा प्रयोग गरी कम्पनीले उपभोक्तामाथि गरेको ब्रह्मलुटका बारेमा समाचार नलेख्न दबाब दिएका हुन् । नेपालआजले सवारीसाधनमा हुने ठगीका विषयमा निरन्तर समाचार सम्प्रेसण गर्दै आएको छ ।

 

रेनल्ड गाडी विक्रिवितरण गर्दा उपभोक्ता ठगेको रहस्य उजागर गरेपछि कम्पनीले मान्छे पठाएर सञ्चार माध्यमनै बन्द गर्ने धम्की दिएको हो । कम्पनीले पठाएका ती व्यक्तिले सञ्चार माध्यमले तथ्यहीन र पूर्वाग्रही समाचार सम्प्रेशण आरोप लगाउँदै सञ्चार माध्यम बन्द गराइ दिने डर देखाएका हुन् ।

 

जव कि, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले रेनल्डमको शोरुममा छापा मार्दा उपभोक्ताको ढाड सेक्ने गरी शुल्क असुलेको भेटिएको थियो । अहिलेसम्म १३ वटा कम्पनीमा विभागले गरेका अनुगमन गरिसको छ । यस क्रममा रेनल्टमा सबैभन्दा बढी बदमासी गरेको भेटिएको विभागका एक कर्मचारीले बताए ।

राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै विभागका महानिर्देशक दाहालले सवारी विक्रेत कम्पनीमा बार्गेनिङ गरेको सावरी विक्रेता कम्पनीले आरोप लगाए छन् । विभागले देउवा सरकार कामचालउको अवस्था र नयाँ सरकार बनिनिसकेको अवस्थामा कमाउधन्दा गरेको उनीहरुको भनाइ छ ।

 

विभागको मौसमी अनुगमनले कम्पनीलाई फरक नपर्ने भन्दै विभागलाई चुनौती दिँदै मूल्य नघटाउने अडान कामयमै राखेका छन् । साथै कम्पनीका आधिकारिक व्यक्ति सञ्चार माध्यमको सम्पर्कमै आउन चाहाँदैनन् । कम्पनीले दादागिरी शैलीमा मिडियामा आउने समाचारले आफ्नो व्यापार व्यावसायमा फरक नपर्ने बताउँदै आएको छ ।

 

भारतबाट आयात गरेर नेपालमा विक्रि गर्दै आएको कम्पनीले भन्सार र लागत खर्च कटौती गरेर ३५ प्रतिशत नाफा राखी प्रत्यक्ष रुपमा उपभोक्तालाई ठगी गरेको भेटिएको थियो । कम्पनीले कानुन, नियमको ठाडो उल्लघन गर्ददै प्रतिसवारीसाधनमा ३५ प्रतिशत नाफा असुली गरेर उपभोक्ताको ढाड सेक्ने गरेको छ ।

 

जब कि, २० प्रतिशत भन्दा बढी नाफा राखेर सामान बिक्री गर्नु गैरकानुनी मानिन्छ । कालोबजारी तथा अन्य सामाजिक अपराध ऐन २०३२ अनुसार कुनै पनि कम्पनीले २० प्रतिशतभन्दा बढी शुल्क नाफा राखेर सामान बिक्री गर्न पाइँदैन ।

 

अनुगमनका क्रममा कम्पनीले भारतबाट तीन लाख १९ हजार ८ सय ९७ भारतीय रुपैयाँमा खरिद गरेको क्याइड् आरएकसिटी जिरो एएमटी गाडी २३ लाख ५४ हजार २ सय ९० मा बचेको भेटिएको हो । त्यस्तै डस्टर आरएकई पेट्रोल गाडी ५ लाख एक हजार ४७ भारतीय रुपैयाँमा खरिद गरी ३५ लाख ५८ हजार १७ सयमा बिक्रिबितरण गर्दै आएको छ ।

">

प्रतिसावारीसाधनमा कम्पनीले गैर कानुनी रुपमा उपभोक्तालाई बैंकको ब्याज, विज्ञापन शुल्क, कर्मचारी खर्चलगायतका शुल्क तिराउँदै आएको छ । नियम, कानुनको ठाडो उल्लघन गरेर कम्पनीले उपभोक्ताबाट प्रतिसवारीबाट चर्काे शूल्क उठाउँदै आएको हो ।

">

कम्पनीलाई कारवाही अघि नबढाउन मन्त्रलायदेखि विभागसम्मका कर्मचारीहरुलाई प्रलोभनमा समेत पार्न खोजेको तथ्यहरु सार्वजनिक हुन थालेका छन् । यता व्यवसायीले खुलेआम उपभोक्तालाई शोषण गर्दासमेत उपभोक्ताको संरक्षण गर्न निकाय मौन बस्नुले आम उपभोक्तामा संसय पैदा भएको छ । नियमनकारी निकायले वेवास्था गर्नले र ठगी गर्न कम्पनीको उच्च राजनीतिक पहुँचको भरमा उनमुक्ति पाइरहेका छन् ।

 

(नोटः उपभोक्ता अधिकारसँग जोडिएका सवाललाई नेपालआजले निरन्तर पछ्याउँदैआएको छ । तपाईँका छिमेकी, आफन्त व परिवारमै कोही पनि सदस्य कुनै पनि व्यवसायी वा कम्पनीबाट ठगिएका घटना छन् भने नेपालआजको कार्यालयमा तत्काल सम्पर्क गर्न सक्नुहुनेछ । हामी तपाईँको गोपनीयताको हक सुरक्षित गर्दै त्यस्ता विषयलाई टेक्स्ट वा भिडियोमार्फत समाचार बनाएर प्रस्तुत गर्नेछौँ । ९८५११२०८४४, ०१४४८२४७६, ०१४४८२४७७, ०१४४८२९५१ मा प्रत्यक्ष कल गर्न सक्नुहुनेछ । साथै [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।)

 

र याे पनि

 

कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले (भिडियोसहित)

पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

► यामाहाको लुट एकलौटी, डिलर सञ्चालकले पाउँछन् मात्रै पाँच प्रतिशत

► यामाहाले एउटै मोटरसाइकलमा ७८ हजार फाइदा लिने गरेको खुलासा

 अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)

कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन (भिडियोसहित)

 ‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो

 ‘रेनल्ड’ गाडी र ुसुजुकी बाईकुमा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख १

 

विशेष