सरकारी कर्मचारीलाई विदेश भ्रमणमा रोक, जोगियो २१ करोड
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालले सरकारी कर्मचारीको सम्पूर्ण विदेश भ्रमण स्थगन गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई उक्त निर्देशन बिहीबार पठाएको हो ।
यो निर्देशनसँगै आगामी एक महिनाभित्र विदेश जाने तयारीमा रहेका करिब तीन सय ५० सरकारी कमचारीको विदेश भ्रमण रोकिने भएको छ । कर्मचारी विदश भ्रमणमा नजाने भएपछि राज्यको ढुकुटीबाट करिब २१ करोड रुपैयाँ जोगिएको छ ।
‘अर्को निर्णय नभएसम्म हाल मनोनय भएका र स्वीकृत भएका सरकारी कर्मचारीको विदेश भ्रभण स्थगन गर्न सरोकारवाला निकायको नाममा निर्देशन जारी गरिएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो । याे खबर अाजकाे नागरिक दैनिकमा छ ।