अपराध सुरक्षा

नर्भिक अस्पतालमा चरम लापर्वाही, देब्रे भनेर दाहिने खुट्टाको अप्रेशन

नर्भिक अस्पतालमा चरम लापर्वाही, देब्रे भनेर दाहिने खुट्टाको अप्रेशन

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले उपचारका क्रममा गम्भीर गल्ती गरेको भेटिएको छ । अस्पतालका डाक्टरले देब्रे खुट्टा अपरेशन गर्न भर्ना भएकी एक महिलाको दाहिने खुट्टाको घुँडाको अपरेशन गरेको भेटिएको हो ।

 

चितवनकी ३८ वर्षीया विन्दु पौडेलको देब्रे खुटाको लिगामेन्ट च्यातिएर उपचार गर्न नर्भिक पुगेकी थिइन् । हिजो शुक्रबार विहान करिव साढे ९ बजेतिर अस्पताल भर्ना भइन् र अपरेशन सुरु भयो ।

हरेक काममा सजगता अपनाउनु पर्ने डाक्टरले पौडेलको अप्रेशनका क्रममा गम्भीर गल्ती गरेका हुन् । डाक्टर प्रविण नेपालले उनको अप्रशेन गरेका हुन् । पीडितसित चार बुँदे लिखित सहमती गर्दै अस्पतालले आफ्नो गल्ती स्वीकार गरिसको छ ।

 

पीडित पक्षसँगको सहमतिपत्रमा डाक्टर प्रविण नेपाल र अस्पतालका कार्यकारी निर्देशक शैलेज रञ्जितकारले ‘भूलवश मानविय त्रुटीका कारण दाहिने घुँडाको अपरेशन हुन गरेको तथ्य’ स्वीकार गरेका छन् ।

 

पीडित को दुबै खुट्टाको निःशुल्क उपचार गर्ने, त्यहाँ उपचार सम्भव नभए विज्ञ चिकित्सकका आधारमा सम्पूर्ण उपचार अस्पतालले गर्ने सहमति भएको छ । साथै विरामीको घुँडाको उपचार नेपालमा सम्भव नभई बाहिर लैजानु परेमा सम्पूर्ण उपचार खर्च अस्पतालले नै व्यहोर्ने सहमति भएको छ ।

 

विशेष