अर्थ

अाकाशीयाे हुण्डार्इ कार बिक्रेताकाे कालाेबजारी, मूल्य नघटाउने नियत

कालोबजारी गर्ने कम्पनीसँग विभागका निर्देशक दाहालकै साँठगाँठ

अाकाशीयाे हुण्डार्इ कार बिक्रेताकाे कालाेबजारी, मूल्य नघटाउने नियत

काठमाडौं । नियमनकारी निकायको फितलो कार्यसम्पादन र राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै हुण्डाईको सवारी बिक्रेता कम्पनी लक्ष्मी ईन्टरकन्टिनेन्टलले चर्को मूल्यमा सवारी विक्रिवितरण गर्दै उपभोक्ता ठगिरहेको छ ।

 

दक्षिण कोरियाली कार उत्पादन कम्पनी हुण्डाईका कारमा नेपाली बिक्रेता कम्पनी लक्ष्मी ईन्टरकन्टिनेन्टलले हरेक सवारीमा ८३ प्रतिशतसम्म नाफा कमाउँदैआएको छ ।

 

जबकि, २० प्रतिशतसम्म फाइदा लिन पाइने ऐनको स्पष्ट व्याख्या छ । उक्त कम्पनीले भने ऐन मिचेर प्रतिसवारीमा ८३ प्रतिशतसम्म फाइदा उठाएर उपभोक्ता ठगी गरिरहेको हो ।

 

नियम विपरित मूल्य असुली गरे पनि नियमनकारी निकाय भने यस बारेमा केही बोलेका छैनन् । कम्पनीले केही उपभोक्ता अधिकारकर्मीलाई समेत रकम उपलब्ध गराउँदैआएको बुझिएको छ ।

 

केही कर्मचारीका अनुसार अधिकारकर्मीहरुको मुख छोप्न मोटो रकम कमिसन बाँड्दैआएको छ । साथै यसक कम्पनीले उच्च राजनीतिक पहुँच र शक्तिको आडमा ब्यापार गर्दैआएको बुझिएको छ । यतिसम्म कि, भन्सारका कर्मचारी देखि ग्राहक ल्याउने ‘एजेन्ट’लाई समेत कमिसन बाँड्दैआएको बुझिइन्छ ।

 

विभागले नै बढाएन कारवाही

उपभोक्ताको हितसँग प्रत्यक्ष सम्पर्क राख्ने आपूर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनबाट पनि सो कुरा स्पष्ट पारेको छ । माघ माहिनाभर विभिन्न १३ वटा सवारी बिक्रेता कम्पनीमा अनुगमन गरे पनि विभागले हुण्डाई बिक्रेता कम्पनी लक्ष्मी ईन्टरकन्टिनेन्टललाई भने कारवाहीको कुनै प्रक्रिया अघि बढाएको छैन ।

 

विभागले एसएडब्लू अर्थ मुभर्स प्रालि, ईस्टर्न एजेन्सी प्रालि, जिओ अटोमोबाइल्स प्रालि, पायोनियर मोटो कर्प प्रालि, कन्टिनेन्टल टे«डिङ ईन्टरप्राइजेज, स्याकर ट्रेडिङ कम्पनी प्रालि, सिप्रदी ट्रेडिङ प्रालि, युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि, एमएडब्लु ईन्टरप्राइजेस, अरुण ईन्टरकन्टिनेन्टल ट्रेडर्स, अग्नी ईन्टरकर्पोरेटेड प्रालि, एड्भान्स अटो मोबाइल्स प्रालि, आइएसई मोटर्स प्रालिमा सरकारले अनुगमन गरिसकेको छ । तर, गाडीमा अनावश्यक शीर्षकमा शूल्क उठाएर उपभोक्ता शोषण गरिरहेको लक्ष्मी ईन्टरकन्टिनेन्टललाई भने विभागले उनमुक्ति दिएको छ ।

 

दाहालको साँठगाँठ

हुण्डाइको शोरुममा विभागले अनुगन नगरेपछि अन्य सवारी बिक्रेता कम्पनीहरुले विभागका महानिर्देशक कुमारप्रसाद दाहाल र कम्पनीका मालिक निराकार श्रेष्ठबीच आर्थिक चलखेल भएको आरोप लगाएका छन् । सेटिङ र उच्च राजनीतिक पहँुचको प्रयोग गरेर कम्पनीले हुण्डाइको शोरुममा हुन लागेको अनुगमन रोकेको प्रतिस्पर्धी कम्पनीहरुको दाबी छ । विभागको फितलो कार्यसम्पादनका कारण हुण्डाइका कार किन्दा उपभोक्ताले नीति बिपरित मोटो रकम तिर्न बाध्य भएका हुन् ।

 

‘ईओन ईरा प्लस’ गाडी भारतबाट कम्पनीले १ लाख ८२ हजार ५ सय ४३ मा खरिद गर्छ । गाडीको करलगायतका लागत खर्च कटाउँदा ल्याण्डिङ कस्ट १० लाख ३२ हजार तीन सय ९३ हजार पर्छ । कम्पनीले ८३ प्रतिशत मुनाफा राखेर नेपालमा त्यही गाडी १८ लाख ९६ हजारमा बेच्दैआएको छ ।

 

यस्तै, हुन्डाइकै ग्राण्ड आई टेन मग्ना गाडीमा पनि कम्पनीले प्रति सवारीसाधन ६७ प्रतिशत मुनाफा उठाइरहेको छ । कम्पनीले २ लाख ९२ हजार ५ सय ४२ भारतीय रुपैयाँमा खरिद गरेको गाडी नेपालमा भने २६ लाख ९६ हजारमा बेच्दैआएको छ । यो गाडीको ल्याण्डिङ कस्ट १६ लाख ५ हजार ६ सय ९२ पर्छ । कम्पनीले यी लगायत एसेन्ट एसएक्समा २८ प्रतिशत, क्रेटा एसएक्स प्लस पेट्रोल गाडीमा २७ प्रतिशत, आई टेन एक्टीभामा ३५ प्रतिशत फाइदा लिँदै उपभोक्तालाई शोषण गर्दैआएको छ ।

 

जबकि, ऐनले २० प्रतिशतभन्दा बढी मुनाफा राख्नुलाई कालोबजारी मानेको छ । कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले २० प्रतिशतभन्दा बढी नाफा राखेर वस्तु बेच्नुलाई गैर कानुनी मानेको छ । सो ऐनको दफा ३ ले २० प्रतिशतभन्दा बढी मुनाफा लिए पाँच वर्ष कैद वा जरिवान दुबै हुने व्यवस्था गरेको छ । लक्ष्मी ईन्टरकन्टिनेन्टलले विद्यमान नियम कानुन नमानेर दादागिरी गरिरहेको छ ।

 

नेपालआजले कम्पनीका मालिक निराकार श्रेष्ठसँग यस विषयमा छलफल गर्न पटक पटक प्रयास गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । नेपालआज टोली थापाथलीस्थित हुण्डाइको शोरुममा पुगेर हुण्डाइमा भइरहेको ठगीबारे छलफलको प्रयास गरेको थियो ।

 

तर श्रेष्ठ भने हामीसँग भेट्न नै चाहेनन् । कम्पनीका सिनियर मार्केटिङ मेनेजर अवाशिष ओझा समेत कार्यलयमा उपस्थित नरहेको भन्दै बोल्न मानेनन् ।

 

यसअघि नै विभागका महानिर्देशक दाहालले नेपालआजसँग भिडियो अन्तरवार्ताका क्रममा कालोबजारी तथा ठगी गर्ने सवारी बिक्रेता कम्पनीलाई कारवाहीको दायरामा ल्याउने दाबी गरेका थिए । सवारी बिक्रेताले ठगी गरिरहेको भन्दै कालोबजारी गर्ने कुनै पनि कम्पनीलाई नछोड्ने उनले बताएका थिए ।

 

नेपालआजले निरन्तर कालोबजारीबारे ‘फलोअप’गरी समाचार सम्प्रेषण गर्न थालेपछि भने दाहाल यस विषयमा मौन छन् । यस नेपालआजसँग समेत उनी अहिले प्रष्टसँग बोल्न चाहेका छैनन् ।

 

केहीअघि दाहालसँग ‘कारवाहीको प्रक्रिया किन अघि बढाइएन ?’ भनी सोधिएको थियो । तर उनले जवाफमा अनुगमन गर्ने मात्रै आफ्नो अधिकार भएको बताउँदै पन्छिन खोजे । जब कि, पहिलो अन्तरवार्तामा उनले कम्पनीहरुमाथि कारवाहीका लागि मुद्दा दायर गर्ने समेत बताएका थिए । (हेर्नुस् दाहालले अनुगमन गर्नुअघि नेपालआजलाई दिएको भिडियो अन्तरवार्ता)

">

कम्पनीका मालिक श्रेष्ठले कर्मचारीमार्फत हुण्डाई कारमा हुँदै आएको कालोबाजरीका विषयमा समाचार नलेख्न दबाब दिएका छन् । उनले कर्मचारीलाई फोन गर्न लगाएर धम्कीपूण भाषा बोल्दै 'समाचार सम्प्रेसण नर्गनु भन्दै' धम्क्याएका हुन् ।

 

यता हुण्डाई सवारी विक्रेताबाट पीडित बनेकाले नेपालआजमा निरन्तर फाेनबाट गुनासो पोख्ने गरेका छन् । कतिपय उपभोक्ताले महंगो मूल्यमा सवारीसाधन विक्री गर्न तर सवारी व्रिगिएर मर्मतका लागि जाँदा महिनौँ कुराउने गरेको गुनासोसमेत गरेका छन् ।

हुण्डार्इका कार भारतबाट नेपाल भित्र्याउँदाकाे मूल्य विवरण

 गतवर्षकाे मूल्य सूची

कम्पनीले कारमा मूल्य बढी उठाउने मात्रै नभइ गाडी सर्भिसिङमा ल्याउने सर्वसाधारणलार्इसमेत ठगी गर्ने गरेकाे एक पीडितले नेपाल अाजलार्इ बताए । साथै, कम्पनीमा हुण्डार्इका सवारी मर्मतका लागि स्पेयर्स पार्टस्काे उपलब्धतासमेत नभएकाे उनले दाबी गरे ।

 

दुर्घटनामा परि सामान्यक्षति भएका कार ममर्त गर्न हुण्डार्इकाे अाधिकारिक सभिर्स सेन्टरले ८ महिना लगाएकाे हाे । जबकि कम्पनीसँग एक महिनामा क्षति भएकाे कार मर्मत गरिदिने सम्झाैता भएकाे थियाे । स्पेयर्स पार्टस् नभएकाे भन्दै कम्पनीले समयमै कार मर्मत गर्न नसकेकाे पीडित बताउँछन् ।

 

सुरूमा सर्वसुलभ मूल्यमा स्पेयर पार्टस् प्राप्त हुने बताए पनि मर्मतपछि कम्पनीले ८ पन्ने भ्याट बिल पक्डाएकाे उनी बताउँछन् । २० लाखमा खरिद गरेकाे कार ८ लाख मर्मतमा खर्चेर १० लाखमा बेचेका थिए । 

 

हुन्डार्इकाे कार किन्दा ठगीएका एक गैरसरकारी संस्थाका कर्मचारीले कम्पनिसँग गरेकाे सम्झाैता पत्रकाे प्रतिलिपी ।

र यो पनि, 

 गाडी बिक्रेतालाई मस्ती, उपभोक्तालाई सास्ती

कालोबजारी नगरेको भन्दै नाडाले निकाल्यो विज्ञप्ति 

 नाडा महासचिव दुलाल भन्छन्ः हामीलाई नाफा अझै पुगेको छैन (भिडियो) 

 ‘रेनल्ड’ गाडीमा ब्रह्मलुट, समाचार लेख्दा सञ्चार माध्यम बन्द गरिदिने धम्की (भिडियो)

‘रेनल्ड’ गाडी र 'सुजुकी बाईक'मा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख !

निसान गाडीमा निरन्तर ठगी

 उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य

  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले(भिडियाेसहित)

 अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)

 कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन (भिडियोसहित)

 ‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो

रोकिएन ‘फोर्ड’ गाडीको चर्को कालोबजारी 

 कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले (भिडियोसहित)

 पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

► यामाहाको लुट एकलौटी, डिलर सञ्चालकले पाउँछन् मात्रै पाँच प्रतिशत

► यामाहाले एउटै मोटरसाइकलमा ७८ हजार फाइदा लिने गरेको खुलासा

 अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)

 

विशेष