ओटोमोबाइल

‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि यामाहा स्कुटर नम्बर ‘एक’ - अनुसन्धान

‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि यामाहा स्कुटर नम्बर ‘एक’ - अनुसन्धान

काठमाडौं । हालै गरिएको एक स्वतन्त्र अध्ययनका क्रममा स्कुटर प्रयोगकर्ताले यामाहा कम्पनीका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइने गरेका पाइएको छ । नेपालका विभिन्न ब्राण्डका स्कुटरको स्टाइल, कम्फोर्ट, माइलेज, पिकअप जस्ता गुणलाई प्राथमिकतामा राखेर अनुसन्धान गरेको हो ।

 

रिसर्च संस्था मिडिया रिचले गरेको सर्वेक्षणमा चालकहरुले यामाहाका स्कुटरको ‘स्टाइल’ र ‘कम्पोर्ट’लाई सबैभन्दा बढी मनपराएका हुन् । ‘बजारमा उपलब्ध विभिन्न ब्रान्डका स्कुटरप्रति ग्राहकको रुचीबारे एउटा बृहत अनुसन्धान गरेका थियौं,’ मिडिया रिचका निर्देशक मिरेश अधिकारीले भने, ‘यसमा यामाहाका स्कुटरहरु स्टाइल र कम्फोर्टका लागि ग्राहकले सबैभन्दा रुचाएको पायौं ।’

 

उनले स्कुटरप्रति नेपालीको हेराइमा आमुल परिवर्तन आएको पनि बताए । पहिले स्कुटरलाई फिमेल राइडको रुपमा हेरिए पनि अहिले यसलाई पुरुषले समेत प्रयोग गर्न थालेको उनको भनाई थियो । नेपालका लागि यमाहा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले यमाहा नम्बर एक पोजिसनमा पुग्नु ठूलो उपलब्धीको कुरा रहेको बताए ।

 

एमएडब्लुले सन् १९७५ बाट यामाहाका मोटरसाइकल र ६ वर्षअघिबाट स्कुटरलाई नेपालमा आधिकारिक रुपमा भित्र्याउन थालेको थियो । डिजाइन र प्रविधिमा यामाहाको नविनतम प्रयोगले गर्दा विश्व बजारमा नै यामाहाको स्कुटर चर्चित छ । यामाहाको इन्जिनियरिङले स्कुटरलाई स्टाइलिस र स्पोर्टी भिजुअल अपिल मात्र दिँदैन यसले हरेक राइडलाई आरामदायी र रोमाञ्चकारी समेत बनाउने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध रहेको कम्पनीले जनाएको छ । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन छ जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउँछ । साथै, यामाहाले आजैबाट ‘एसस्कुटर’ नामको अभियान सुरु गरेको छ । मानिसहरुको दैनिकी सहज बनाउन स्कुटरले निर्वाह गरेको भूमिकालाई कदर गरेर एमएडब्लुले यो अभियान थालेको हो ।

विशेष