अर्थ

भारतीय बजेटको नेपालमा असरः अब मोबाइल–टिभीको भाउ बढ्ने

भारतीय बजेटको नेपालमा असरः अब मोबाइल–टिभीको भाउ बढ्ने

काठमाडौँ । भारत सरकारले विभिन्न आयातित वस्तुको भन्सार महशुल बढाउने, कृषि उपजको न्यूनतम् विक्री मूल्य ९एमएसपी० बढाउनेलगायत घोषणा गरेको छ ।

बिहीवार प्रस्तुत बजेटमा उसले यस्तो घोषणा गरेको हो । भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार हो । द्विपक्षीय व्यापारमा आयातको तुलनामा निर्यातको आकार निकै कम भएकोले पनि माथि उल्लिखित घोषणाको प्रभाव प्रत्यक्ष र परोक्ष रुपमा नेपालीहरुलाई पर्दछ ।

बजेटले मोबाइल फोन, टिभीलगायत आयातित विविध सामग्रीको भन्सार महशुल बढाएको छ । योसँगै भारतबाट ल्याएर नेपाली बजारमा विक्री गरिने मोबाइल, टिभी, ल्यापटपको मूल्य बढ्ने छ ।

सोलार सेल्स उत्पादनमा प्रयोग गरिने सोलार टेम्पर्ड ग्लास आयातमा भन्सार महशुल लगाइएको छैन । यसले त्यहाँबाट नेपाल आउने सोलार सेल्सको मूल्यमा धेरै असर गर्दैन ।

भारत सरकारले कच्चा र प्रशोधित खाने तेलको भन्सार महशुल क्रमशः १८ प्रतिशत र १५ प्रतिशत बढाएको छ । यसले नेपाली बजारमा आयातित तेलको मूल्य ह्वात्तै बढाउने छ । भन्सार महशुल बढाइएका चश्मा, लाइटर, खेलौना, बस र ट्रकका टायर पनि नेपाली बजारमा ल्याएर बेच्न महँगो हुनेछ । आजको अभियान दैनिकमा खबर छ ।

विशेष