एनआईसी एशियाकाे ‘समुन्नति प्लस बचत खाता’मा १० प्रतिशत वार्षीक ब्याजदर
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई उच्च लाभ पुर्याउने उद्देश्यले फेरि अर्को योजना सार्वजनिक गरेको छ । बैंकले सर्वाधिक उच्च ब्याजदर वर्षीक १० प्रतिशत दिने गरी ‘समुन्नति प्लस बचत खाता’ योजना संचालनमा ल्याएको हो ।
यसअघि ‘समुन्नति बचत खाता’ र सर्वधिक उच्च ब्याजदरका साथमा ‘समुन्नति मुद्दती खाता’ सञ्चालनमा ल्याएको बैंकले समुन्नति प्लस बचत खाता सञ्चालनमा ल्याएको हो । यो योजनालाई पनि ग्राहकले पहिलेका योजना जत्तिकै मनपराउने बैंकले विश्वास लिएको छ ।
नेपाल बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस बैंकले समुन्नति बचत खाता र समुन्नति मुद्दती खाता अत्यन्त लोकप्रिय बनेपछि यो योजना सार्वजनिक गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बताए ।
‘हाम्रो सुन्नति राष्ट्रकै उन्नति, आजैदेखि बचत गरौँ है साथी’ नाराका साथ हलै सार्वजनिक गरिएको उक्त खाता न्यूनतम १० हजार मौज्दातमा खोल्न सकिने बैंकले जनाएको छ । उक्त खाता खोल्ने ग्राहकले लकर सेवामा ५० प्रतिशत छुट पाउनुका साथै निःशुल्क रुपमा मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ र डि–म्याट खाता खोल्न पाउने सुविधा रहेको छ । त्रैमासिक रुपमा ब्याज भुक्तानी दिइने सो खातामा निःशुल्क डेबिटकार्ड पनि उपलब्ध गराइने बैंकले बताएको छ ।